प्रचण्डको योजनामा धक्का, काँग्रेस संयुक्त आन्दोलनमा नजाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्डको योजनामा धक्का, काँग्रेस संयुक्त आन्दोलनमा नजाने

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७७, मंगलवार

    काठमाडौ: प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्ध संयुक्त आन्दोलन गर्न काँग्रेस तयार नभएपछि नेकपाको प्रचण्ड–नेपाल समूहको योजनामा धक्का लाग्ने देखिएको छ । प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्ड लगायतले फागुन पहिलो सातादेखि केपी ओलीको कदम विरुद्ध संयुक्त आन्दोलन गर्ने बताउँदै आएका थिए ।

    तर कान्तिपुर दैनिकले प्रचण्ड–नेपाल समूहको सो प्रस्ताव स्वीकार नगरेको खबर छापेको छ । प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्नेमा मतान्तर देखिएपनि संयुक्त आन्दोलनको विषयमा भने काँग्रेसमा एउटै दृष्टिकोण रहेको छ । काँग्रेस महामन्त्री डा शशांक कोइरालाले सोमबार काँग्रेस संयुक्त आन्दोलनका लागि तयार नभएको जनाउ दिइसकेको समाचारमा उल्लेख छ ।