काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) निर्वाचन आयोग जाने हुनुभएको छ । बिहान ११ बजे प्रधानमन्त्री ओली कान्तीपथस्थित आयोगको कार्यालय जाने नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
निर्वाचनको तयारीबारे आवश्यक कुराहरु बुझ्न प्रधानमन्त्री आयोग जान लागेको उहॉले बताउनुभयो । तर प्रधानमन्त्री र आयोगका पदाधिकारीबिच नेकपा विवाद र आधिकारिकताका विषयमा पनि छलफल हुने श्रोतले बताएको छ।
नेकपाको प्रचण्ड–माधव समूहले आधिकारिकता लागि आयोगमा निवेदन दिइसकेकाे छ। तर ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव रहेको पक्ष नै आधिकारिक हुने दाबी गरिरहको छ।
प्रधानमन्त्री ओलीले आफ्नो घरलाई मेरो हो भनेर कतै निवेदन दिन नपर्ने बताउँदै आएका छन्।