यो आन्दोलन कुर्सिका लागि होइन, हामीलाई कुर्सि चाहिएको छैन : प्रचण्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यो आन्दोलन कुर्सिका लागि होइन, हामीलाई कुर्सि चाहिएको छैन : प्रचण्ड

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७७, बुधबार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सिका लागि आन्दोलन नभएको प्रष्टाउनुभएकाे छ । आफू पक्षीय नेकपाले बुधबार काठमाडाैंमा आयोजना गरेको सभामा उहाँले भन्नुभयाे, ‘चाहिएको छैन हामीलाई कुर्चि। जनताको मुक्ति र हित चाहिएको छ।’

    कुर्सिका लागि ‘यी बुढाहरू’ लागेको विरोधीहरूले भन्ने गरेको उहाँको गुनासो थियो। युवाहरूलाई उहाँले भन्नुभयाे, ‘खै, कुर्चिकै लागि लडेका हुन् कि भन्ने तपाईंहरूलाई परेको हुनसक्छ।’ युवाहरू प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनमा सरिक भएकोप्रति उहाँले आत्मसन्तुष्टि व्यक्त गर्नुभयाे ।