तनहुँ : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।
अनेमसङ्घ तनहुँले प्रमुख जिल्ला अधिकारी मार्फत् बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । सङ्घकी संयोजक सविता रसाइलीको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा यथाशीघ्र हत्यारा पत्ता लगाई सार्वजनिक गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा राष्ट्रपतिको गरिमालाई अपमानित बनाउने ढङ्गबाट क्रियाकलाप गर्ने र अभिव्यक्ति दिने विरुद्ध कारवाहीको माग गरिएको छ ।