पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७७, बिहीबार

    काठमाडौ: नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । बुधबारको निर्णयअनुसार आयल निगमले ग्यासमा हाल कायम १ हजार ३ सय ७५ रुपैयाँलाई बढाएर १४ सय रुपैयाँ पु-याएको हो ।

    यसैगरी निगमले पेट्रोल÷डिजेल÷मटीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ । बिहीबारदेखि लागू भएको सो नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ११२ रुपैयाँ तथा डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । निगमका अनुसार हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।