तनहुँ : तनहुँको व्यास नगरपालिका-३ बिपी बनवाटिकामा रहेको कभर्डहल हटाइने भएको छ । बुधबार सम्पन्न व्यास नगरपालिकाको ३४ औ नगरसभाले कभर्डहल स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
कभर्डहल हटाउने विषयमा यसअगाडी नै सर्वपक्षीय सहमति भइसकेपनि नगरसभाबाट निर्णय गरेर अगाडी बढ्न खोजिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “कभर्डहलले खेलमैदान सॉघुरो भएको र खेलप्रेमी युवाहरुले खेलमैदान विस्तार गर्न पटक-पटक माग गरिरहेका छन्,” न्यौपानेले भन्नुभयो, “कभर्डहल हटाएर ११ ए साइड फूटबल खेल्न मिल्ने मैदान बनाउन लागेका छौ ।”
व्यास नगरपालिकाले यस अगाडी पनि बजेट विनियोजन गरेर खेलमैदान सम्याउने लगायतको काम गरेको थियो ।