काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उहाँको निवासमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली शंखमूलस्थित झाँक्रीको निवासमा पुगेको हो ।
महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले झाँक्रीलाई लिन टोली खटाइएको जानकारी दिनुभयाे । ‘उहाँलाई केही सोधपुछका लागि बोलाउन लागेका हौं, हाम्रो टोली परिचालन भएको छ,’ उहाँले भन्नुभयाे ।
झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । उहाँले सो भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृत्तिको समेत विरोध गर्नुभएकाे थियाे । (नेपाल प्रेसबाट)