तनहुँ : तनहुँकी एक महिलालाई चितवन बोलाएर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ३९ वर्षीया एक महिलालाई भरतपुर महानगरपालिका–३ कमलनगरस्थित एकान्तस्थलमा लुटपाट गरेको अभियोगमा प्रहरीले भरतपुर महानगरपालिका–९ बस्ने ३२ वर्षीय विकल क्षेत्री र भरतपुर महानगरपालिका–११ बस्ने २९ वर्षीय सन्तोष विश्वकर्मालाई पक्राउ गरेको हो ।
विकलले आफू मोटरपार्टस र वर्कसप सञ्चालक हूँ भन्दै फोनमार्फत् चिनजान गरी विभिन्न प्रलोभन देखाई ती महिलालाई चितवन घुम्न बोलाएका थिए । महिलासँग भेट भएपछि उनले ज्यान लिने धम्की दिई चक्कु जस्तो धारिलो हतियार देखाई कुटपिट लछारपछार गरी कान र हातमा समेत चोट पु¥याई निज महिलाले लगाएको सुनको झुम्का, सिक्री, ब्रासलेट, ०२ वटा औंठी, हातमा लगाएको घडी, दुई वटा मोवाइल र नगद रु १७ हजार गरी जम्मा रु पाँच लाख ६३ हजार दुई सय ५० बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ ।
विकलले कानमा लगाउने झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट सन्तोषलाई विक्री गरेका थिए । पक्राउ परेका दुवै विरुद्ध डाकाचोरी मुद्दामा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।