काठमाडौं : नेकपा नेतृ रामकुमारी झाँक्रीलाई छाडेको छ। निवासबाटै गिरफ्तार हुनुभएकी झाँक्रीलाई प्रहरीले केहीबेर अगाडि हिरासतमुक्त गरेको हो।
झाँक्रीलाई उहाँको निवास शंखमूलबाट पक्राउ गरी महानगरीय अपराध महाशाखा, मीनभवन लगिएको थियो। उहाँलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई उनका कार्यकर्ताले अवरोध गरेका थिए। केहीदिन पहिले गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा आवद्ध महिला नेताहरूले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।