आफू अनुकुल फैसला गर भनेर दबाब दिनु अनुचित : तिमिल्सिना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आफू अनुकुल फैसला गर भनेर दबाब दिनु अनुचित : तिमिल्सिना

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०७७, बिहीबार

    तनहुँ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफू अनुकुल फैसला गर भनेर अदालतलाई दबाब दिनु अनुचित भएको बताउनुभएकाे छ । तनहुँकाे देवघाट गाउँपालिका–५ क्युँदीमा नवनिर्मित सभा हलको बिहीबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले सर्वाेच्च अदालतको फैसलालाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयाे ।

    स्वतन्त्र न्यायपालिका र संविधानको व्याख्याताको रुपमा रहेको सर्वाेच्च अदालतको अन्तिम फैसलालाई सबैले स्वीकार गरेर त्यसै अनुसार अगाडी बढ्न सकेमा सबैको हित हुने उहाँको भनाई थियो । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धामा सर्वाेच्च अदालतले फैसला गरेपछि देशको राजनीतिक अन्यौलता हट्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । अहिले देशमा प्रतिनिधि सभा पुनस्थापना कि मध्यावधी निर्वाचन भन्ने पक्ष र विपक्षमा राजनीतिक दल मात्र नभएर सबै पक्ष विभाजित भएको भन्दै अध्यक्ष तिमिल्सिनाले सर्वाेच्चको फैसला आएपछि त्यो अन्यौलता हट्ने विश्वास व्यक्त गर्नुभयाे ।

    बागमती प्रदेशका सांसद विजय सुवेदीले देवघाट गाउँपालिका तनहुँ जिल्लामा पर्ने भएपनि बृहत चितवन उपत्यका भित्र देवघाटलाई समेत समेटेर बागमती प्रदेश सरकार मार्फत पूर्वाधार निर्माणको काम अगाडी बढाइने बताउनुभयाे । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गाउँपालिकामा पूर्वाधार निर्माणको कामले गति लिएको भन्दै समृद्ध देवघाट निर्माणका लागि आफूहरु लागिपरेकाे उल्लेख गर्नुभयाे ।

    गण्डकी प्रदेश सरकारको ६० प्रतिशत र देवघाट गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा रु ९५ लाख ५४ हजारकाे लागतमा सभाहल निर्माण गरिएकाे प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकाेटाले जानकारी दिनुभयाे ।