दोस्रो चरणको खोप अभियानमा तीन ठाउँमा केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोस्रो चरणको खोप अभियानमा तीन ठाउँमा केन्द्र

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०७७, शनिबार

    तनहुँ : कोभिड विरुद्धको खोप लगाउनका लागि तनहुँमा तीन ठाउँमा खोप केन्द्र निर्धारण गरिएको छ । फागुन २ गतेदेखि शुरु हुने खोप अभियानका लागि दमौली, शुक्लागण्डकी र ऑबुखैरेनीमा खोप केन्द्र निर्धारण गरिएको हो ।

    स्वास्थ्य कार्यालयका अनुसार दमौलीको दमौली अस्पताल, शुक्लागण्डकीको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र ऑबुखैरेनीको ऑबुखैरेनी स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएको छ। दमौली अस्पतालमा व्यास, भानु, बन्दीपुर, ऋषिङ र म्याग्दे, जिपी कोइराला उपचार केन्द्रमा शुक्लागण्डकी, भीमाद, घिरिङ र ऋषिङ र ऑबुखैरेनीमा ऑबुखैरेनी, देवघाट र बन्दीपुरका लक्षित समूहलाई खोप लगाउनेछ ।

    No photo description available.

    दोस्रो चरणमा निजामती सेवाका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारी, जनपद प्रहरी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा, समूहका कर्मचारी, पत्रकारलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।