बन्दीपुरमा चितुवा मृत फेला, विषादी प्रयोग भएको आहारा खाएको आशङ्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा चितुवा मृत फेला, विषादी प्रयोग भएको आहारा खाएको आशङ्का

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०७७, शनिबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा शनिबार चितुवा मृत अवस्थामा फेला परेको छ । बन्दीपुर गाउँपालिका-५ थुम्कामा पोथी प्रजातिको चितुवा मृत अवस्थामा फेला परेको हो ।

    अन्दाजी ७/८ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिनुभयो । उहॉका अनुसार विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुने सक्ने प्रारम्भिक ऑकलन गरिएको छ। “थप कारण अनुसन्धानबाट खुल्छ,” उहॉले भन्नुभयो ।