प्रधानमन्‍त्री ओलीलाई साथ दिने ६ सय पूर्वलडाकुको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्‍त्री ओलीलाई साथ दिने ६ सय पूर्वलडाकुको घोषणा

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०७७, शनिबार

    काठमाडौं : जनयुद्ध दिवसको अवसरमा पूर्वजनमुक्ति सेना नेपालका करिब छ सयभन्दा बढी पूर्वलडाकुले प्रधानमन्‍त्री केपी शर्मा ओली नेतृत्वको नेकपालाई साथ दिएका छन्। 

    बुटवलमा ओली पक्षधरले प्रदेशस्तरको आमसभा सुरु गर्नु अघि पूर्वमाओवादी लडाकुको राष्ट्रिय भेलाको आयोजना गरेको थियो। उक्त कार्यक्रममा पूर्वलडाकुको समूहले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपालाई साथ दिने घोषणा गरे। 
     
    पूर्वजनमुक्ति सेनाका संयोजक तथा तत्कालिन छैंठौं डिभिजन कमाण्डर दुर्गा चौधरी सन्तोषको नेतृत्वमा करिब छ सय पूर्वलडाकु बुटवलमा जम्मा भएर राष्ट्रिय भेलाको आयोजना गरेका हुन्। त्यो भेलामा गण्डकी, लुम्बिनी र सुदुरपश्चिम क्षेत्रका पूर्वलडाकु वुटवलमा शनिबार जम्मा भएका हुन् । 

    उक्त भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्टलगायतले बिशेष सम्बोधन गर्नुभएको छ ।

    नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले माओवादी युद्धकालका कमाण्डर कुहिएको आरोप लगाउनुभयो । ‘माओवादी युद्धकालको कमान्डर कुहिएको हो, सुप्रिम कमान्डर प्रचण्ड कुहिनुभयो,’ पोखरेलले भन्नुभयो, ‘जनमुक्ति सेनाको बलिदान र परिवर्तनको मुल्य र राष्ट्रको अस्मितालाई बुझ्न सक्नु भएन, आफ्नो स्वार्थका लागि बलिदानलाई प्रयोग गर्नु भयो ।’ 

    मुख्यमन्त्री पोखरेलले लडाकु शिविरमा भएको घोटलाको छानविन हुनुपर्ने र छानविनपछि घोटला भए बराबरको पैसा कल्याणकारी कोषमा जम्मा गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।

    उक्त कार्यक्रमा उर्जामन्त्री रायमाझीले पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई छुटाइएको करिब १९ अर्ब रकमको हिसाबकिताब नदेखाएर हिनामिना गरेको आरोप लगाउनुभयो ।

    उद्योगमन्त्री भट्टले १४ वर्षसम्म पूर्वमाओवादी लडाकुलाई नसम्झेको आरोप लगाउनुभयो ।