बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला, भागरथी लगायतका बलात्कारी र हत्याका आरोपितहरूलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएकाे छ । काठमाडौंमा महिला हिंसा अन्त्य गरी बलात्कारी र हत्यारालाई कारबाही गर्न दिनहुँ आन्दोलन र विरोध प्रदर्शन भइरहेका बेला लुम्बिनी पुगेर प्रधानमन्त्रीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानीमुनि गए पनि नछोडिने र सजाय पनि कम नहुने बताउनुभयाे ।
उहाँले ढिलै भए पनि सबै घटनाका दोषी अपराधीलाई सरकारले पक्राउ गर्ने आश्वासन दिनुभयाे । केही दिन अगाडि काठमाडौंमा प्रचण्ड-माधव नेपाल समूहले गरेको सभालाई उहाँले गाली पुराणको संज्ञा दिनुभयाे । गाली पुराण खण्ड १ देखि १७ वटा गाली पुराणका खण्ड सुनाएको उहाँले उल्लेख गर्नुभयाे । सेताेपाटीबाट