नेकपाको कार्यक्रम जुधेपछि प्रशासनमा भयाे यस्ताे सहमति !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपाको कार्यक्रम जुधेपछि प्रशासनमा भयाे यस्ताे सहमति !

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०७७, शनिबार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको पार्टी कार्यालयमा एकैदिन कार्यक्रम जुधे अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालय तनहुँलाई जानकारी गराउनुपर्ने भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको प्रमुख जिल्ला अधिकारी सागर आचार्य सहित नेकपा ओली र नेकपा प्रचण्ड–माधव समूहका नेताको बैठकले उक्त निर्णय गरेको हो ।

    शनिबार दुवै पक्षले पार्टी कार्यालयमा कार्यक्रम आयोजना गर्दा विवाद भएपछि बैठक बसेको थियो । ओली पक्षले जनसांस्कृतिक महासङ्घको भेला र प्रचण्ड–माधव समूहले जनयुद्ध दिवसको कार्यक्रम आयोजना गरेपछि प्रशासनमा बैठक बसी सहमति गरिएको थियो । जसअनुसार ओली समूहले दिउँसो २ बजेभित्र जनसांस्कृतिक महासङ्घको कार्यक्रम सम्पन्न गरेको थियो भने त्यसपछि प्रचण्ड–माधव समूहले कार्यक्रम आयोजना गरेका थिए ।

    उक्त बैठकमा ओली पक्षबाट राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, श्रीप्रसाद श्रेष्ठ, प्रदीप अधिकारी, राजेश्वर ढकाल र प्रचण्ड–नेपाल समूहबाट केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, श्रीराम कार्की, राजेन्द्रकेशरी न्यौपाने र शङ्करनारायण श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।