जनप्रतिनिधि र कर्मचारीले लगाए कोभिड खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनप्रतिनिधि र कर्मचारीले लगाए कोभिड खोप

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०७७, आईतवार

    तनहुँ : दोस्रो चरणको खोप अभियान अन्तरगत तनहुँमा जनप्रतिनिघि र कर्मचारीले कोभिड खोप लगाएका छन् । दमौली अस्पतालको खोप केन्द्रमा आइतबार जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतले कोभिड विरुद्धको खोप लगाउनुभएको छ ।

    स्वास्थ्य कार्यालयका अनुसार समन्वय प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेल, समन्वय अधिकारी प्रेमराज गिरी, समन्वयका प्रवक्ता गलबहादुर गुरुङ, सदस्य केशबहादुर सुनार लगायतले खोप लगाउनुभएको छ ।

    स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार दोस्रो चरणमा तीन हजार भन्दा बढीलाई खोप लगाउँदैछ । खोप अभियान सञ्चालनका लागि दमौली अस्पताल, जिपी कोइराला उपचार केन्द्र र ऑबुखैरेनी स्वास्थ्य केन्द्रमा खोप केन्द्र निर्धारण गरिएको छ ।