दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका–१० मा रहेको रजस्थल आधारभुत विद्यालय स्थापनाको ६४ बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा शनिबार विद्यालयले ६३ ओै बार्षिकोत्सव एवम अभिभावक दिवस मनाएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले विद्यालयको सुधारमा समुदायको भुमिका रहने बताउनुभयो । उहाँले स्थानीयलाई गाउँकै विद्यालयमा आफ्ना छोराछोरी पढाउन र विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ चासो राख्न अनुरोध गर्नुभयो ।
कोईरालाले रजस्थल क्षेत्रको चौतर्फी विकासको लागि कृति रजस्थल मोटरमार्गको स्तरउन्नति, रजस्थल सामुदायिक होमस्टेको गुणस्तरीय व्यवस्थापन, ढोरमुलकोट दरबारको पर्यटन प्रवर्द्वन र रजस्थल आधारभुत विद्यालयको शैक्षिक एंव् भौतिक विकासका योजनामा आफ्नो ध्यान जाने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
वडाध्यक्ष रामचन्द्र भण्डारीले विद्यालयमा विद्यार्थी संख्या बढाउन गाउँको बसाईसराई रोक्न आफु लागी परेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य राजेन्द्र क्षेत्री, रजस्थल सामुदायिक होमस्टेका अध्यक्ष दोमायाँ गुरूङ, पुर्व प्रधानाध्यापक कमलकान्त पौडेल, कृति रजस्थल मोटरमार्गका अध्यक्ष धनबहादुर थापा लगायतले बोल्नुभएको थियो । प्रधानाध्यापक दिलसिरी गुरूङले संचालन गर्नुभएको कार्यक्रममा स्वागत शिक्षका जानुका रानाले गर्नुभएको थियो । विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाउनुभएको थियो ।