बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिटमा सर्वोच्चमा तोकियो पेसी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिटमा सर्वोच्चमा तोकियो पेसी

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०७७, आईतवार

    काठमाडौ: बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा पेसी तोकिएको छ।

    सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा सो मुद्दाको पेसी परेको हो।

    वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा हिनामिना प्रकरणमा उनीहरुविरुद्ध मुद्दा चलाउनुपर्ने भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाई २०७६ माघ २९ गते सो रिट दायर गर्नुभएको थियो ।सो मुद्दा आइतबारका लागि अग्राधिकारसहित पेसी तोकिएको छ।

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई सो जग्गा हिनामिना गरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा चलाएको छ।