तनहुँ : दोस्रो चरणको खोप अभियान अन्तर्गत गण्डकी प्रदेशमा पहिलो दिन २ हजार ५ सय ७१ जनाले खोप लगाएका छन् । खोप अभियानको पहिलो दिन आइतबार २० वटा खोप केन्द्रबाट खोप सेवा सञ्चालन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पाँच सय ८२ महिला र एक हजार ९ सय ८९ पुरुषलाई खोप लगाइएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । स्थानीय निकायका कर्मचारी र जनप्रतिनिधि, पत्रकार, निजामती सेवाका सम्पूर्ण कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, जनपद प्रहरी, शसस्त्र प्रहरी, संस्थान प्राधिकरणका कर्मचारी लगायतलाई दोस्रो चरणमा खोप लगाइँदैछ । कूल २६ हजार दुई सय ८० जनालाई खोप लगाउने लक्ष्य छ ।
तनहुँमा १३ स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधि, दुई पत्रकार, ४३ निजामती सेवाका कर्मचारी, १६ बैक तथा वित्तीय संस्थाका कर्मचारी, ४६ जनपथ प्रहरी, ५८ संस्थान प्राधिकरणका कर्मचारीले खोप लगाएका छन् ।
पहिलो दिन कास्कीमा पाँच सय ६५, गोरखामा एक सय १८, तनहुँमा एक सय ८०, नवलपुरमा तीन सय ६३, पर्वतमा दुई सय ६१, बागलुङमा दुई सय, मनाङमा एक सय ३३, मुस्ताङमा ५२, म्याग्दीमा दुई सय २८, लमजुङमा दुई सय ३७ र स्याङ्जामा दुइृ सय ३३ जनाले खोप लगाएका छन् ।
३३५ स्थानीय निकायका कर्मचारी तथा जनप्रतिनिधि, ६० पत्रकार, ६ सय १९ निजामती सेवाका कर्मचारी, एक सय ३६ बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, ९ सय ४४ जनपद प्रहरी, एक सय ४४ सशस्त्र प्रहरी, एक सय ५२ संस्थान प्राधिकरणका कर्मचारी, ९१ न्याय सेवाका कर्मचारी, ८८ पहिलो चरणमा छुटोक व्यक्तिले खोप लगाएका छन् ।