राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सत्यवतीलाई (कुन विद्यालयलाई कति पदक ? सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सत्यवतीलाई (कुन विद्यालयलाई कति पदक ? सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सत्यवती माध्यमिक विद्यालयले जितेको छ । शुक्रबारदेखि शुरु भई आइतबार सकिएको प्रतियोगितामा कूल २७ पदक हात पार्दै रनिङशिल्डको उपाधि सत्यवतीले जितेको हो ।

    प्रतियोगिताको विभिन्न विधामा सत्यवतीले १७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको व्यास नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    प्रतियोगितामा निर्मल माध्यमिक विद्यालयले चार स्वर्ण, ६ रजत र पाँच कास्य, ग्रिनस्टार बोर्डिङ स्कूलले दुई स्वर्ण, तीन रजत र तीन कास्य, पराशर माध्यमिक विद्यालयले एक स्वर्ण, दुई रजत र एक कास्य, जलदेवी माध्यमिक विद्यालयले एक स्वर्ण र दुई कास्य पदक जितेको छ ।

    चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयले एक स्वर्ण र एक कास्य, दमौली कलेजले एक स्र्ण र दुई कास्य, महेन्द्रज्योति माध्यमिक विद्यालयले तीन रजत र चार कास्य, महेन्द्र माध्यमिक विद्यालयले एक रजत र तीन कास्य, क्यामिन माध्यमिक विद्यालयले एक रजत, भानु माध्यमिक विद्यालयले एक रजत, दमौली पब्लिक बोर्डिङ स्कूलले एक रजत, व्यास मनकामना बोर्डिङ स्कूलले एक रजत, केशवटार माध्यमिक विद्यालयले एक रजत र दुई कास्य, जनजुक्त माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत, उदय माध्यमिक विद्यालयले एक कास्य र शिवपञ्चायन माध्यमिक विद्यालयले एक कास्य पदक जितेको छ ।

    विजेता विद्यार्थीलाई सोमबार पुरस्कार वितरण गरिनेछ । प्रतियोगितामा दौड, सटफुट, ट्रिपल जम्प, हाईजम्प, लङ जम्प, ज्याभलिङ थ्रो, भलिबल, कबड््डी, कँराते लगायतका खेलमा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।