प्रधानमन्त्रीलाई सुन्न होइन, हास्य कलाकारलाई सुन्न जनता आएका हुन् : गगन थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीलाई सुन्न होइन, हास्य कलाकारलाई सुन्न जनता आएका हुन् : गगन थापा

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, सोमबार

    चितवन : नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई जनताले केबल हास्य कलाकारका रूपमा मात्र सुन्न चाहेको टिप्पणी गर्नुभएकाे छ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस चितवनद्वारा भरतपुरमा आयोजित सभालाई सोमवार सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको सभामा मान्छेहरू भाषण सुनेर हाँस्नका लागि मात्र आएको बताउनुभयाे ।

    ‘प्रधानमन्त्री सभा गर्दै हिँड्नुभएको छ । प्रधानमन्त्रीको समर्थनमा पक्कै पनि जनता छन् । कोही बोकेर आएका छन्, कोही बोकाइएर आएका छन् । प्रधानमन्त्रीज्यू उत्साहित भएर बाकस–बाकस भन्न थाल्नुभएको छ,’ थापाले भन्नुभयाे, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्झाउनुपर्ने बेला भएको छ– प्रधानमन्त्रीले के भन्नुहुन्छ भनेर सुन्न जनता आएका होइनन्, केबल हास्य कलाकारलाई सुन्न आएका हुन् । तपाईंलाई जनताले हास्य कलाकारका रूपमा सुन्न चाहेका छन् ।’