राष्ट्रपति रनिङशिल्डका विजेतालाई पुरस्कार प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राष्ट्रपति रनिङशिल्डका विजेतालाई पुरस्कार प्रदान

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजेतालाई सोमबार पुरस्कार वितरण गरिएको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नगेन्द्र रेग्मीले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा रेग्मीले खेलकुदले विद्यार्थीलाई स्वस्थ र अनुशासित बन्न सहयोग पु¥याउने बताउनुभयो ।

    No description available.

    रनिङशिल्ड प्रतियोगितामा दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । विजेता बन्न सफल सत्यवतीलाई शिल्ड हस्तान्तरण गरिएको छ । प्रतियोगितामा सत्यवतीले कूल २७ पदक जितेको छ । सत्यवतीले १७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको छ । प्रतियोगितामा निर्मल माध्यमिक विद्यालयले चार स्वर्ण, ६ रजत र पाँच कास्य, ग्रिनस्टार बोर्डिङ स्कूलले दुई स्वर्ण, तीन रजत र तीन कास्य, पराशर माध्यमिक विद्यालयले एक स्वर्ण, दुई रजत र एक कास्य, जलदेवी माध्यमिक विद्यालयले एक स्वर्ण र दुई कास्य पदक जितेको छ ।

    चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयले एक स्वर्ण र एक कास्य, दमौली कलेजले एक स्र्ण र दुई कास्य, महेन्द्रज्योति माध्यमिक विद्यालयले तीन रजत र चार कास्य, महेन्द्र माध्यमिक विद्यालयले एक रजत र तीन कास्य, क्यामिन माध्यमिक विद्यालयले एक रजत, भानु माध्यमिक विद्यालयले एक रजत, दमौली पब्लिक बोर्डिङ स्कूलले एक रजत, व्यास मनकामना बोर्डिङ स्कूलले एक रजत, केशवटार माध्यमिक विद्यालयले एक रजत र दुई कास्य, जनजुक्त माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत, उदय माध्यमिक विद्यालयले एक कास्य र शिवपञ्चायन माध्यमिक विद्यालयले एक कास्य पदक जितेको छ ।