आश्रम सञ्चालनका लागि रु एक करोड ५५ लाखको अक्षयकोष बनाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आश्रम सञ्चालनका लागि रु एक करोड ५५ लाखको अक्षयकोष बनाइँदै

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, सोमबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित वृद्धाश्रमका लागि रु एक करोड ५५ लाखको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिएको छ । देवघाट क्षेत्र विकास समिति अन्तर्गत सञ्चालित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम)का लागि रु एक करोड ५५ लाखको अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गरिएको हो ।

    एक व्यक्तिबाट रु १५ हजार पाँच सय सङ्कलन गरेर एक हजार जनालाई आजीवन सदस्य बनाउने अभियान रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनुभयो । एक हजार आजीवन सदस्य बनेसँगै वृद्धाश्रमका लागि सरकारको भर पर्नुनपर्ने घिमिरेले बताउनुभयो । वृद्धाश्रममा हाल ३८ जना वृद्धवृद्धा रहेका छन् । वृद्धाश्रमको क्षमता ५० जनाको रहेको छ । उहाँका अनुसार ६ जना कर्मचारीले वृद्धाश्रम हेर्दै आएका छन् । जायजन्म र जायजेथा नभएका ६० वर्ष नाघेका वृद्ववृद्वालाई स्थानीय तहको सिफारीसमा वृद्धाश्रममा राख्ने गरिन्छ ।

    वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई आवश्यक खाद्यन्न र लत्ताकपडा दाताले पु¥याउँदै आएका छन् । उहाँका अनुसार पछिल्लो समय वृद्धाश्रममा भौतिक संरचना थप निर्माण गरी सुविधा सम्पन्न बनाइएको छ । वृद्धवृद्धालाई बस्ने ठाउँदेखि नुहाउनका लागि तातो पानी, वातावरण अनुकूलित आवास क्षेत्र टेलिभिजन जडान लगायतका काम गरिएको छ । विसं २०५२ बाट वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो ।

    उक्त अभियान अन्तर्गत सोमबार फेन्सी व्यवसायी सङ्घ र फेन्सी बचत तथा ऋण सहकारी संस्थाले रु २६ हजार सात सय ४५ सहयोग गरेको छ । साथै भरतपुर महानगरपालिका–४ निवासी दीपा शाही र देवघाट गाउँपालिका–५ निवासी मुनु थापाले जनही रु १५ हजार पाँच सय तिरेर आजीवन सदस्यता लिनुभएको छ ।