नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीलाई जरीवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीलाई जरीवाना

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, सोमबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकास्थित नदीबाट नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गर्ने सवारीलाई जरीवाना गरिएको छ । आँबुखैरेनी गाउँपालिका–३ कुडुलेघाटस्थित मस्र्याङ्दी नदीबाट नियन्त्रणमा लिइएको एक एक्साभेटर र भानु नगरपालिका–११ पाउदीखोलाबाट नियन्त्तणमा लिइएको दुई वटा ट्याक्टरलाई सम्बन्धित पालिकाले जरीवाना गरेका हुन् ।

    आँबुखैरेनीस्थित मस्र्याङ्दी नदीबाट प्रहरीले बा २ क ४३५३ नम्बरको एक्साभेटर नियन्त्रणमा लिएको भने भानु नगरपालिका–११ पाउदीखोलाबाट ग्राबेल ढुङ्गा उठाइरहेको अवस्थामा ग १ त ९८४० र ग ६ त ६६२ नम्बरको दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका सवारीलाई सम्बन्धित पालिकामा कारवाहीका लागि पठाइएकामा आँबुखैरेनीले रु २० हजार र भानु नगरपालिकाको रु २४ हजार जरीवाना गराएको छ ।