तनहुँमा सेताम्मे हिउ हैन असिना (फोटो फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सेताम्मे हिउ हैन असिना (फोटो फिचर)

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, सोमबार

    तनहुँ : हिमाली भेगमा सेताम्मे हिउँ पर्ने बेला हो यो । हिउँमा खेल्न आएका पर्यटकले कतिपय ठाउँ भरिभराउ पनि होलान् । हिमालमा पर्ने हिमपातको झल्को दिने गरी सोमबार तनहुँको शुक्लागण्डकी नगरपालिकामा भीषण असिनापानी परेको छ ।

    May be an image of road
    May be an image of tree and outdoors

    अपरान्ह ४ बजेदेखि शुक्लागण्डकीको सेतीपारीका वडाहरुमा भीषण वर्षासहित असिनापानी परेको हो । ढोरफिर्दी, छब्दी, साँखे, कोलम्फे गुर्दुम लगायतका स्थानमा असिना बर्सिएका थिए । सडक, खेतबारी, घरका आँगनमा जम्मा भएका असिनाको थुप्रोको दृश्य हिमपात भए जस्तै देखिएको छ ।

    May be an image of natureMay be an image of nature and grass

    असिनापानीले हिउँदेबाली र तरकारी खेतीमा पूर्ण क्षति पु¥याएको शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो । यसपालिको हिउद लागेपछि पहिलोपटक यति ठूलो वर्षा भएको हो । एकातिर खेतीपाती गर्ने बेलामा परेको पानीले किसानलाई राहतको महशुस गराएको छ तर अर्कोतर्फ भीषण असिनाले लाखौको क्षति भएको छ ।
    तस्वीर सौजन्य : प्रज्जवल थापा