जेसीजले निर्माण गरेको धारा उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जेसीजले निर्माण गरेको धारा उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : जेसीआई व्यास नगरले व्यास नगरपालिका–३ स्थित दमौली अस्पताल जाने प्रवेश गेट नजिक बनाएको ढुङ्गेधाराको मङ्गलबार उद्घाटन गरिएको छ । सर्वसाधारणलाई शुद्ध पानी उपभोग गर्ने वातावरण मिलाउन निर्माण गरिएको ढुङ्गेधाराको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो ।

    सो अवसरमा नगरप्रमुख न्यौपानेले जेसीआईले मानवीय कार्य गरेको बताउनुभयो । कामको शिलशिलामा बजार आउँदा पानी किनेर खानुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै नगरप्रमुख न्यौपानेले भन्नुभयो, “नेतृत्व विकास र युवाको क्षमता विकाससँगै जेसीजले सामाजिक सेवामा आफूलाई अब्बल सावित गरेको छ ।”

    व्यास नगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले धारा निर्माण हुनुमात्रै ठूलो कुरा नभएकाले यसको संरक्षणमा जोड दिनुभयो । व्यास नगरपालिका–३ का वडा सदस्य रविन पौडेलले वडाले पनि धेरै पहिलादेखि धारा निर्माण गर्ने सोच राखेपनि वडा कार्यालयकै प्रस्तावमा जेसीजले धारा निर्माण गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

    रु तीन लाखको लागतमा निर्माण सम्पन्न भएको धारामा शुद्धिकरण गरिएको पानी ल्याउने व्यवस्था मिलाइएको जेसीआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । दमौलीका अन्य चोकहरुमा पनि धाराको आवश्यकता रहेकाले व्यास नगरपालिकासँग समन्वय गरेर त्यसका लागि पहल गरिने खनालले जानकारी दिनुभयो ।