उत्साहजनक रुपमा खोप अभियान सञ्चालन (फाेटाे फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उत्साहजनक रुपमा खोप अभियान सञ्चालन (फाेटाे फिचर)

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : दोस्रो चरणको खोप अभियान तनहुँ जिल्लामा उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ । तनहुँ जिल्लाका तीन वटा खोप केन्द्रमा खोप लगाउन जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उत्साहजनक उपस्थिति पाइएको हो ।

    स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले कोभिड विरुद्धको खोप लगाउनका लागि उत्साहजनक उपस्थिति रहेको जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चरणमा तीन हजार भन्दा बढीलाई खोप लगाउने कार्यक्रम छ ।

    May be an image of 0 people, including Manoj Ranabhat, child and sitting

    खोप लगाउनका लागि दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचारकेन्द्र र आँबुखैरेनी स्वास्थ्यचौकीमा खोप केन्द्र कायम गरिएको छ । दमौली अस्पतालमा व्यास, भानु, बन्दीपुर, ऋषिङ र म्याग्दे, जिपी कोइराला उपचार केन्द्रमा शुक्लागण्डकी, भीमाद, घिरिङ र ऋषिङ र आँबुखैरेनीमा आँबुखैरेनी, देवघाट र बन्दीपुरका लक्षित समूहलाई खोप लगाउनेछ ।