केही समयभित्रै संयुक्त आन्दोलन हुँदैछ : दाहाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केही समयभित्रै संयुक्त आन्दोलन हुँदैछ : दाहाल

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    चितवन : नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही समयभित्रै दलहरु संयुक्त आन्दोलनमा जाने बताउनुभएकाे छ । मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताउनुभयाे ।

    उहाँले भन्नुभयाे ‘आन्दोलन भइराखेको छ। यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ। हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ यसलाई संयुक्त बनाऔं भनेर, रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु । जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ,’ ।

    संविधानलाई ट्रयाकमा ल्याउन आन्दोलन गर्नुपरेको उहाँले बताउनुभयाे । ‘चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुन्छ,’ उहाँले भन्नुभयाे ।