काठमाडौ : होटेल शाम्बालाले प्रेम दिवस (भ्यालेन्टाइन्स डे)का दिन प्रेमीहरुकालागि निजी तथा आत्मीय अनुभव गराउन अकर्षक रुफटप पुल पार्टी सम्पन्न गरेको छ।
ककटेल डिनर, पुल पार्टी र काठमाण्डौको उत्तम दृश्यहरु हेर्दै भ्यालेन्टाइन्स डेमा रमाउने अवसर सबैकालागी अविश्मरणीय र रोमान्टिक भएको होटल शाम्बालाका महा-प्रवन्धक रबिन मानन्धरले बताउनुभयो ।
भ्यालेन्टाइन्स डे आफ्नो प्रेमीलाई मायालु सन्देश पठाएर, प्रेमको अभिव्यक्त गरेर, साथमा प्रेमिल समय बिताएर मनाइन्छ। यो अवसरलाई सुहाउने गरी शाम्बालाले फुल, बेलुन र झिलिमिलि बत्तिहरु राखेर ठाउँलाई सजाएको थियो।
यस कार्यक्रमकालागि होटलले पहिले नै बुकिङ लिएको थियो। प्रेमीहरुले पहिले नै बुकिङ गरेका थिए। ‘फुल अकुपेन्सी’ सहित कार्यक्रम सम्पन्न भएको मानन्धरले बताउनुभयो । आकर्षक अफर र प्याकेज सार्वजनिक गर्ने गरेको होटल शाम्बालाले यस्ता कार्यक्रमहरु मार्फत ग्राहकलाई नयाँ अनुभव दिने कोसिस गरेको मानन्धरले बताउनुभयो ।