व्यास गण्डकीका चप्पल बजारमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास गण्डकीका चप्पल बजारमा

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    तनहुँ: तनहुँको व्यास नगरपालिका-४ स्थित व्यास गण्डकी चप्पल उद्योगबाट उत्पादित चप्पल बजारमा आएको छ । बिजी ग्रुपले सञ्चालन गरेको उद्योगबाट उत्पादित चप्पल मंगलबारदेखि बजारमा आएको हो ।

    २५ जनाको प्रति व्यक्ति रु तीन लाखका दरले ७५ लाखको लगानीमा उद्योग खोलिएको प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिनुभयो । उत्पादित चप्पल सदरमुकाम लगायत डुम्रे, खैरेनीटार, ऑबुखैरेनीमा विक्री भइरहेको छ।

    सुलभ मूल्यमा गुणस्तरीय चप्पल उत्पादन गरिएको राउतले जानकारी दिनुभयो । उद्योगले चप्पपलका अतिरिक्त अन्य ६ प्रडक्ट उत्पादनको तयारी गरेको छ । यहॉ उत्पादित सामग्री जिल्लाबाहिर पनि निर्यात गरिने बताइएको छ ।