सपना मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सपना मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    काठमाडाै : सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ परेका छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया मगरले आफूलाई बस्नेतले अश्लील तस्बीर सार्वजनिक गर्ने धम्की दिएपछि महानगरीय प्रहरी परिसर, काठमाण्डुमा अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी थिइन् ।

    प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अशोक सिंहले बस्नेतलाई गोंगबुबाट पक्राउ गरिएको जानकारी दिनुभयाे । पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयाे ।

    यसअघि सपना र बस्नेत बाबु–छोरी भन्दै सँगै मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए । म्याग्दीबाट काठमाण्डु आएकी सपना बस्नेतसँगै बस्थिन् । सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो ।