दुलेगौँडामा खुल्यो पाण्डा सप्लायर्स
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुलेगौँडामा खुल्यो पाण्डा सप्लायर्स

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बुधबार

    दुलेगौँडा : दुलेगौँडाको अन्नपूर्ण टोलमा मंगलबारदेखि पाण्डा सप्लायर्स सञ्चालनमा ल्याईएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा सन्तोष प्रधान र विजयकुमार विकले संयुक्त रुपमा सप्लायर्स सञ्चालनमा ल्याउनुभएको हो ।

    घर तथा आवास निर्माणका लागि आवश्यक सामग्री पाईने पाण्डा सप्लायर्सको शुक्लागण्डकी नगरपालिका–४ का वडा सदस्य सन्तोष श्रेष्ठले उद्घाटन गर्नुभएको हो । श्रेष्ठले वैदेशिक रोजगारी त्यागेर देशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सञ्चालनमा लागेका युवालाई सबैको साथ हुनुपर्ने बताउनुभयो । उहाँले व्यवसायसँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिनुभयो ।

    ७५ लाख रुपैयाँको लगानीमा व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक सन्तोष प्रधानले जानकारी दिनुभयो । दश वर्ष विदेशमा बसेपछि स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किएर व्यवसाय थालेको प्रधानको भनाई छ । उहाँले भन्नुभयो, ‘विदेशको मात्र भर पर परेर हुँदैन । आफ्नो जन्मभूमिमा पनि केही गर्नुपर्छ । तसर्थ हामी व्यवसायमा होमिएका हौँ ।’


    पाण्डा सप्लायर्सले प्लाई, प्लाई ढोका, फरमाईका, मोर्डन किचनका समाग्री, वालपेपर, रातो ईट्टा, एएसि ब्लक, ग्लयाभ्यानिस्ड रेडिमेड झ्याल, चौकोस, स्टील र जस्तापाता लगायतका निर्माण सामाग्री सुपथ मुल्यमा उपलब्ध गराउने अर्का सञ्चालक विजयकुमार विकले जानकारी दिनुभयो ।