छुटेकाले दमौलीबाट खोप लगाउन पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छुटेकाले दमौलीबाट खोप लगाउन पाउने

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०७७, बुधबार

    तनहुँ : दोस्रो चरण अन्तरगत कोरोना विरुद्धको खोप लगाउन छुट भएकाहरुले दमौलीबाट खोप लगाउन पाउने भएका छन् । यसअघि तनहुँका तीन ठाउँमा केन्द्र राखेर खोप अभियान सञ्चालन भएकामा स्वास्थ्य कार्यालय तनहुँले बुधबार दमौलीबाट सेवा दिन लागेको हो ।

    स्वास्थ्य कार्यालयले खोप लगाउन छुट भएका लक्षित समूहलाई दमौलीको खोप केन्द्रमा आएर खोप लगाउन अनुरोध गरेको छ । मंगलबारसम्म जिल्लाका १ हजार ९ सय ७३ जनाले खोप लगाएका छन् ।