भागरथीको बलात्कारपछि हत्या सहपाठीबाट !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भागरथीको बलात्कारपछि हत्या सहपाठीबाट !

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बुधबार

    काठमाडौँ : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

    घटनाको १३औँ दिनमा पक्राउ परेका ती व्यक्तिलाई आजै सार्वजनिक गरिने तयारी भएको छ । पक्राउ परेका व्यक्ति भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरी स्रोतले जनाएको छ । दोगडाकेदार गाउँपालिका ७ की भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।

    प्रहरीको प्रारम्भीक अनुसन्धान तथा वयानमा पक्राउ परेका युवकले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म बिद्यालयबाट घर नपर्किएपछि परिवारले खोजी गरेको थियो । त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा भेटिएको थियो ।

    क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।