तनहुँको बेलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको बेलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०७७, बुधबार

    दुलेगाैडा : तनहुँको बैलचौतारामा गण्डकी विश्वविद्यालयको शिक्षण अस्पताल निर्माण हुने भएकाे छ । विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिँदै गण्डकी विश्वविद्यालयलाई एउटा शिक्षण अस्पतालसहित चिकित्सा विज्ञान शिक्षण कार्यक्रम पनि समावेश गर्ने निर्देश गरेअनुसार काम भइरहेको जानकारी दिनुभयाे ।

    यसको प्रारम्भिक अध्ययन गरी ‘गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल आयोजना विकासको अवधारणा’ तयार गरेर कार्यदलले आफ्नो प्रतिवेदन मुख्यमन्त्रीसमक्ष बुझाइसकेको उहाँकाे भनाइ छ।

    कार्यदलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा शिक्षण अस्पताल स्थापना गर्न सुझाव दिएको छ। जीवनपयोगी मूल्यमान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम र नेतृत्वदायी जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गण्डकी सरकारले विश्वविद्यालय स्थापना गरेको वर्ष दिन पुगेको छ। 

    २०७६ फागुन ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रा.डा. गुरुङलाई विश्वविद्यालयको कुलपति पदमा नियुक्ति र शपथ ग्रहण गराउनुकाे थियाे । त्यही दिनलाई विश्वविद्यालय दिवसका अवसरमा मनाउन थालिएको छ।