तनहुँमा खोप लगाउने २२ सय पुगे (क–कसले लगाए ?)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा खोप लगाउने २२ सय पुगे (क–कसले लगाए ?)

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०७७, बुधबार

    तनहुँ : तनहुँ जिल्लामा कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या दुई हजार दुई सय ८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार कूल लक्ष्यको ६७ प्रतिशतले बुधबारसम्म खोप लगाएका छन् । जिल्लामा तीन हजार दुई सय ८० जनालाई खोप लगाउनेको लक्ष्य थियो ।

    कार्यालयका खोप अधिकारी वीरेन्द्रकुमार चौधरीले बुधबार दुई सय ३५ जनाले खोप लगाएको जानकारी दिनुभयो । मङ्गलबारसम्म जिल्लामा एक हजार ९ सय ७३ जनाले खोप लगाएका थिए । छुटेकाहरुलाई बुधबार दमौली खोप केन्द्रबाट सेवा प्रवाह गरिएको थियो ।

    जिल्लामा पहिलो चरणमा छुट भएका ९८, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि÷कर्मचारी ७ सय ५२, निजामति कर्मचारी तीन सय पाँच, जनपद प्रहरी दुई सय २०, सशस्त्र प्रहरी १३, बैङ्क तथा वित्तीय समूहका चार सय ५७, प्राधिकरण र संंस्थानका कर्मचारी दुई सय ५०, न्याय सेवाका ३२ र ८१ पत्रकारले खोप लगाएको कार्यालयले जनाएको छ ।