बालिका जबरजस्ती करणी गर्नेलाई जन्मकैद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालिका जबरजस्ती करणी गर्नेलाई जन्मकैद

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०७७, बुधबार

    तनहुँ : जबरजस्ती करणी मुद्दामा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायधीश जगतनारायण प्रधानको बुधबारकाे इजलासले तनहुँको भानु नगरपालिका–८ रुपटार बस्ने ३२ वर्षीय दिपेन्द्र विकलाई जन्मकैदको फैसला सुनाएको हो ।

    सोही ठाउँ बस्ने ६ वर्षीया बालिकालाई गत जेठ १३ गते जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ परेका थिए । उनी विरुद्ध जेठ २२ गते जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो । त्यसयता उनी पुर्पक्षका लागि कारागारमा रहेका थिए । अदालतले पीडकबाट रु ५० हजार क्षतिपूर्ति भराउने फैसला समेत गरेको अदालतका मुद्दा फाँटका कर्मचारी कृष्ण गौतमले जानकारी दिनुभयो ।