तनहुँ : तनहुँको व्यास नगरपालिका-४ सिमलटार बस्ने १७ वर्षीय इश्वर क्षेत्री दश दिनपछि फेला परेका छन् । गत माघ २६ गतेदेखि बेपत्ता भएका उनी बुधबार पोखरामा फेला परेका हुन् ।
क्याम्पस जान घरबाट हिँडेका उनी क्याम्पस नगई बेपत्ता भएका थिए । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका इश्वर बेपत्ता भएपछि दाजु सन्तोषले प्रहरीमा उजुरी गरेका थिए ।
वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले पोखरामा फेला परेपछि इश्वरलाई घर ल्याइएको जानकारी दिनुभयो ।