उदेनढुंगामा दुई दिने बाख्रा पालन तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उदेनढुंगामा दुई दिने बाख्रा पालन तालिम

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बिहीबार

    दुलेगौँडा : बाख्रा पालनमा आकर्षित गराई आर्थिक रुपमा आत्मानिर्भर बनाउन किसानलाई दुई दिने तालिम दिईएको छ । बिशेष त बाख्रामा देखिने रोग र आहारमा ध्यान दिनुपर्ने आधारभुत पक्षको सहजीकरणका लागी शुक्लागण्डकी नगरपालिकाको पशु शाखाले शुक्लागण्डकी–३ उदेनढुंगामा तालिम दिएको हो ।

    मंगलबार र बुधबार दुई दिनसम्म भएको तालिममा पशु प्राविधीक ईश्वर रेग्मीले बाख्रा पालनका किसानका लागि खोरको व्यवस्थापन कसरी गर्ने, बाख्राको लागि आहारा व्यवस्थापन, रोगहरु कस्ता–कस्ता हुन्छन् र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।


    उक्त तालिममा बोल्दै वडाध्यक्ष रामकुमार श्रेष्ठले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न अनुरोध गर्नुभयो ।

    तालिममा २७ जना पशु पालक किसान सहभागी थिए । पशु प्राविधिक ईश्वर रेग्मीसंगै, अजुर्न ढकाल र पशु चिकित्सक अधिकृत होमराज तिम्सेनाले सहजीकरण गर्नुभएको थियो ।