काँग्रेससँग पैसा छैन, आन्दोलन गर्न सडकमा हुलका हुल मान्छे ल्याउन सकिन्न : देउवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    काँग्रेससँग पैसा छैन, आन्दोलन गर्न सडकमा हुलका हुल मान्छे ल्याउन सकिन्न : देउवा

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०७७, बिहीबार

    पोखरा : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनका लागि सडकमा हुलका हुल मान्छे ल्याउन पैसा नभएको बताउनुभएको छ । बिहीबार पोखरामा आयोजित नेपाल मगर सङ्घको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले संसद् पुनर्स्थापना हुनै पर्छ भनेर काँग्रेसले आन्दोलन गर्न पैसा खर्च गरेर सडकमा मान्छे ल्याउन नसक्ने बताउनुभयो ।

    ‘सडकमा आन्दोलन गर्नका लागि हुलका हुल मान्छे काँग्रेसले ल्याउन सक्दैन, काँग्रेससँग पैसा छैन,’ काँग्रेस सभापति देउवाले सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभयो ।

    उहॉले संसद् विघटनपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै अदालतले गर्ने निर्णय काँग्रेसलाई मान्य हुनेसमेत बताउनुभयो । ‘अदालतले पुनर्स्थापना भन्यो भने स्वीकार गर्छौँ, चुनाव भन्यो भने पनि स्वीकार गछौं, हामी जुलुस निकालेर दबाब दिएर यसो गर भन्दैनौँ,‘ देउवाले भन्नुभयो ।