देवघाट–१ मा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाट–१ मा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका–१ मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । देवघाट गाउँपालिका–५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत् कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो ।

    त्यस क्षेत्रमा पहिले लघु जलविद्युतमार्फत् विद्युत् आपूर्ति भइरहेको थियो । राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । तनहुँमा निर्माणाधीन एक सय चालिस मेगावाटको तनहुँ जलविद्युत आयोजनाको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् विस्तार गरिएको हो । नेपाल विद्युत प्राधिकरणमार्फत् कार्यान्वयन भइरहेको कार्यक्रममार्फत् तनहुँलाई पूर्ण विद्युतीकरण गरिने छ ।

    त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र तीन वटा ट्रान्सफर्मर बिहीबार सञ्चालन (चार्ज) गरिएको तनहुँ विद्युतीकरण आयोजनाका साइट इन्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिनुभयो । “लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौ, तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गर्नेछ,” उहाँले भन्नुभयो, “लाइन पुगेपछि त्यस क्षेत्रका करिब पाँच सय घरधुरी लाभान्वित हुनेछन् ।”

    विद्युत आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक÷एक वटा ट्रान्सफर्मर राखिएको छ । केही दिनअघि घिरिङ गाउँपालिका–१ मा पनि राष्ट्रिय प्रसारण लाइन पु¥याई विद्युत् आपूर्ति शुरु गरिएको छ ।

    तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत् तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग÷वाइवा ईन्फ्राटेक जेभीसँग विसं २०७५ मङ्सिर १३ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको रकम अमेरिकी डलर ६१ लाख ५३ हजार अमेरिकी डलर र १४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

    ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरि सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनी ३३÷११ केभी वितरण लाइन निर्माण गर्नेछ । कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सबस्टेसन निर्माणाधीन छन् । ग्रामीण विद्युतीकरण अन्तर्गतका सम्पूर्ण कामहरु यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।