अनेरास्ववियु तनहुँको आयोजक कमिटी गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनेरास्ववियु तनहुँको आयोजक कमिटी गठन

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : अनेरास्ववियु तनहुँ जिल्ला कमिटीको आयोजक कमिटी गठन भएको छ । बिहीबार पार्टी कार्यालय दमौलीमा भएको वृहत अगुवा कार्यकर्ता भेलाले नविन वाग्लेको संयोजकत्वमा २२ औं जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

    भेलाले अनेरास्ववियु तनहुँको सहसंयोजकमा महेन्द्र श्रेष्ठ र विशाल ढकाल, सचिवमा निशा श्रेष्ठलाई चयन गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य शिवकुमार आलेले जानकारी दिनुभयो । भेलाले ५१ सदस्यी जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

    भेलामा अनेरास्वववियुका स्थायी समिति सदस्य आरसी लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका सदस्य एवं विद्यार्थी इन्चार्ज खिमबहादुर कुमाल, प्रदीपराज अधिकारी, राजेश्वर ढकाल लगायतले सम्बोधन गर्नुभएको थियो ।