प्रजातन्त्र दिवसमा पञ्चायन मन्दिर सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रजातन्त्र दिवसमा पञ्चायन मन्दिर सरसफाई

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार दमौलीस्थित पञ्चायन मन्दिर क्षेत्रमा सरसफाई गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले प्रजातन्त्र दिवसको अवसरमा पञ्चायन मन्दिर क्षेत्र सरसफाई गर्ने निर्णय गरेको हो ।

    दिवसको अवसरमा पुरानो जिल्ला प्रशासन गेटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन समेत गरिनेछ । सरसफाई कार्यक्रम र झण्डाको व्यवस्थापन व्यास नगरपालिकाले मिलाउनेछ ।

    बैठकले व्यास नगर व्याडमिन्टन क्लवद्वारा सञ्चालन गरिएको मेयर कप प्रतियोगितामा कर्मचारी मिलन केन्द्र तनहुँको तर्फबाट पुरस्कार व्यवस्थापनमा सहभागिता जनाउने निर्णय गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि सरकारी कार्यालय, सङ्घसंस्था र सम्पूर्ण जनसमुदायलाई अनुरोध गरिएको छ ।