तनहुँ समाज हङकङद्वारा तीन पत्रकारलाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ समाज हङकङद्वारा तीन पत्रकारलाई सम्मान

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०७७, शुक्रबार

    तनहुँ : तनहुँ समाज हङकङले जिल्लाका तीन पत्रकारलाई सम्मान गरेको छ । समाजले जिल्लामा गरेको सामाजिक कामलाई सञ्चारमाध्यमको तर्फबाट प्रचारप्रसारमा सहयोग पुर्याएबापत समाजले तीन पत्रकारलाई सम्मान गरेको हो ।

    सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य, उपाध्यक्ष सोनी शर्मा र पत्रकार सुनिता आचार्य हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उहाँहरुलाई दोसल्ला, प्रशंसापत्र र नगदले सम्मानित गर्नुभएको हो । पुरस्कारको राशी जनही रु पाँच हजार रहेको छ ।

    सो अवसरमा नगरप्रमुख न्यौपानेले समाजले जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो । साथै भूकम्प, कोभिड लगायतका बेला पनि समाजले गरेको सहयोगको नगरप्रमुख न्यौपानेले प्रशंसा गर्नुभयो । “विदेशमा रहेर पनि मातृभूमिप्रतिको स्नेह र भावना सम्मानयोग्य छ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो ।

    समाजको कामलाई जनतासामु पु¥याउन योगदान पु¥याउने पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गरिने समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्व एवं नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष आचार्यले सम्मानले आफूलाई थप हौसला मिलेको बताउनुभयो ।

    समाजले तनहुँमा विगत १० वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै गत असारमा आएको पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो ।

    समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौली स्थित गण्डकी विकास बैङ्कमा स्थापित अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ । समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।

    समाजमा चार सय जना तनहँुवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।