तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने दुई सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–३ शान्तिनगरबाट अवैध रुपमा नदीजन्य पदार्थ लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ क ५००६ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएको सवारीलाई आवश्यक कारवाहीका लागि व्यास नगरपालिका पठाइएकामा नगरपालिकाले उक्त सवारीलाई रु दश हजार जरीवाना गराएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
त्यस्तै म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित सेती नदी नजिक बन्द अवस्थामा रहेको अकला रुद्रा देवी क्रसरबाट अवैध रुपमा चोकर ल्याउँदै गरेको अवस्थाका ग १ क ५२०३ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको छ । उक्त सवारीलाई म्याग्दे गाउँपालिका पठाइएकामा गाउँपालिकाले रु २० हजार जरीवाना गराइएको छ ।