तनहुँ : प्रजातन्त्र दिवसका अवसरमा जिल्ला कारागार तनहुँका ६ कैदीबन्दीको कैद सजाय मिनाहा भएको छ । आचरण सुधारका आधारमा जिल्ला कारागार तनहुँका कैदीबन्दीको कैद सजाय मिनाहा गरिएको हो ।
सवारी ज्यान मुद्दाका चार, बहुविवाह मुद्दाका एक र चोरी मुद्दाका एक जनाको कैद मिनाहा भएको जिल्ला कारागार तनहुँका सहायक जेलर नारायण अधिकारीले जानकारी दिनुभयो । तीमध्ये एक जना गोरखा, एक जना नुवाकोट र चार जना तनहुँका छन् । उनीहरु सबैले पचास प्रतिशत कैद भुक्तान गरिसकेको कारागारले जनाएको छ ।