प्रदेश २ प्रमुख झाद्वारा सपथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रदेश २ प्रमुख झाद्वारा सपथ

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०७७, शुक्रबार

    काठमाडौं : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले सपथ लिनुभएकाे छ । शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा गोपनियताको सपथ ग्रहण गराउनुभएकाे हाे ।

    सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्याे । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने समारोहमा सहभागी हुनुभएन ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रौतहटका ‘राजेश अहिराज’ लाई प्रदेश २ को प्रमुखमा नियुक्त गर्नुभएकाे थियाे । मधेश मामिलामा विद्यावारिधी गर्नुभएका झा पत्रकारितामा समेत संलग्न हुनुहुन्छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गर्नुभएकाे थियाे ।