जबरजस्ती करणी अभियोगमा दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    जबरजस्ती करणी अभियोगमा दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७७, मंगलवार

    तनहुँ : तनहुँको घिरिङ र ऋषिङ गाउँपालिकामा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ परेका छन् । घिरिङमा नाबालिका र ऋषिङमा महिलालाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार घिरिङ गाउँपालिका–१ बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय बोमबहादुर दरै पक्राउ परेका छन् । घर नजिकैको शौचालयमा जबरजस्ती करणी गरेको भन्ने उजुरीपछि प्रहरीले दरैलाई सोमबार पक्राउ गरेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताउनुभयो ।

    यसैगरी ऋषिङ गाउँपालिका–४ बस्ने एक महिलालाई जबरजस्ती करणीको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण रानाभाटलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रानाभाटलाई आइतबार नियन्त्रणमा लिएको हो । दुवै विरुद्ध जिल्ला अदालत तनहुँबाट सोमबार म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।