तनहुँ : जिल्ला युवा समिति तनहुँको अध्यक्षमा रिता ढकाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्ले युवा समितिको अध्यक्षमा ढकाललाई नियुक्त गरेको हो ।
उक्त समितिमा जिल्ला समन्वय समितिको अधिकृतस्तरको प्रतिनिधि, शिक्षाका अधिकृतस्तरको प्रतिनिधि, परिषद्मा आबद्ध युवा सम्बन्धी स्थानीय सङ्घसंस्थामध्येबाट एक जना प्रतिनिधि, युवाको हकहितको संरक्षण र सम्बद्र्धन वा समाजसेवाको क्षेत्रमा विशेष योगदान पु¥याएका युवामध्येबाट मनोनित तीन जना सदस्य र जिल्ला युवा समितिको कार्यालय प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।
युवाको हकहितको संरक्षण र सम्बद्र्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवालाई सशक्तीकरण गरी युवा सम्बन्धी विषयको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म आवश्यकता अनुसार उनीहरुलाई संलग्न गराउन समितिले काम गर्दछ ।