आममाफी पाएका खरिन्द्रलाई नेकपा (प्रचण्ड–नेपाल) को सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आममाफी पाएका खरिन्द्रलाई नेकपा (प्रचण्ड–नेपाल) को सम्मान

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७७, मंगलवार

    तनहुँ : बुटवलका प्रचण्डमान थैबको हत्या अभियोगमा ११ वर्ष जेल सजायपछि आममाफी पाएका तनहुँको शुक्लागण्डकी नगरपालिका खैरेनीटार निवासी खरिन्द्र विकलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले मङ्गलबार सम्मान गरेको छ ।

    गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आममाफीपछि रिहा हुनुभएका विकलाई नेकपाले सम्मान गरेको हो । उक्त समूहका गण्डकी प्रदेश सहइन्चार्ज यशोदा सुवेदी गुरुङ, केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, प्रदेश सदस्य शङ्करनारायण श्रेष्ठ, अतिन्द्रकेशरी न्यौपाने, जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने लगायतले विकलाई स्वागत एवं सम्मान गर्नुभयो ।

    सो अवसरमा विकले आफूलाई सुनियोजित रुपमा फसाइएको र ढिलै भएपनि न्याय पाएको बताउँदै बाँकी जीवन पार्टीको काममा बिताउने बताउनुभयो ।

    बुटवलमा ०६२/६३ देखि वाईसीएलमा सक्रिय विक २०६७ सालमा प्रचण्डमान थैबकाे हत्या अभियाेगमा पक्राउ पर्नुभएकाे थियाे । सुजितले चैत १३ गते राति बुटवलको हिलपार्क गेट नजिकै मोटरसाइकलमा सवार थैबलाई रोकी गोली हानेको अभियाेग लागेकाे थियाे ।